back

के हाे टिमुर? यसबाट कति कमाउन सकिन्छ ?

वि.सं.२०७६ साउन २८ मंगलवार

3.4K 

shares

टिमुर (Nepali Pepper/Sichuan pepper)नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। टिमुर हिमालयखण्डको पश्चिम जम्मुदेखि पूर्व भुटानसम्म १००० मिटरदेखि २५०० मिटर उचाइ सम्मका ठाउँहरुमा पाइएको छ । यो साखिया पहाडको ६०० देखि १८०० मिटरसम्म र उडिसाको पूर्वीघाट र आन्द्र प्रदेशको १२०० मिटर सम्मको भागमा पनि पाइन्छ। नेपालमा प्राकृतिक रुपमा उच्च पहाडी भाग र महाभारत क्षेत्रको ९०० मि. देखि २५०० मि. सम्म राम्रो सप्रिएको पाइन्छ ।

यो २ देखि ६ मिटरसम्म अग्लो हुने पतझड, काडेदार, सुगन्धित झाडी वर्गको बनस्पती हो । यसको काण्ड र पातको फेदमा चेप्टा २ से.मी. जति लामा काडा हुन्छन्। यसको पात पलाउने हरेक आख्लावाट फुलेको छुट्टै हाँगा निस्किएको हुन्छ । यसको भाले र पोथी फूलफरक फरक विरुवामा हुन्छ । फुलमा पत्रदल हुदैन । फल सानो ४ देखि ५ मिलिमिटर ब्यास भएको झुप्पा हुन्छ । टिमुर पाक्दा रातो रंगको हुन्छ । फलको स्वाद पिरो, टर्रो, जिब्रो परपराउने खालको हुन्छ ।
जैविक वर्णन वर्गिकरण :
बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC)
संस्कृत नाम : तुम्वरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क
अन्य नाम : तामाङ्गमा ‘प्रुमो’, नेवारीमा ‘टेबू’
जापानी नामः किनोमे(kinome)
वनस्पति परिवार : रुटेसी (Rutaceae)
खेती तरीका
क) बिउबाट विरुवा उत्पादन
राम्ररी रातो भई पाकेको फललाई असोज कात्र्तिक महिनामा टिपी छहारीमा सुकाई
बाहीरको बोक्रा सफा गरि कालो गेडामात्र फाल्गुन चैत्र महिनामा तयारी ब्याडमा राख्नु पर्दछ
। टिमुरको अंकुरण प्रतिशत ज्यादै कम हुन्छ ।
ख) बिरुवा रोपणः
२ देखि ३ मिटर को फरकमा ३०××३० से.मी को खाडल खनी
३– ४ कि.ग्रा राम्ररी पाकेको गोबरमल मोटो मिसाई खाडल पुरेर राख्नु पर्दछ ।
ग) हेरचाह :
बिरुवा रोपी सकेपछि बिरुवा खाडलमा पानी जम्न दिनु हुदैन । बर्षमा २ पटक वरपरको
झाडी सफाई गरी मल हाल्नु पर्दछ । नया“ मुनामा लाहिकिरा र ऐजेरुले सताउन सक्छ ।
घ) उत्पादनः
बिरुवा रोपेको चौथो बर्ष देखी नै फल फल्न थाल्दछ । राम्रो हेरचाह भएमा सातौ–
आठौ बर्ष देखी पूर्ण उत्पादन लिन सकिन्छ । वयस्क बोटमा १० देखी १५ के.जी सुकेको सरदर
उत्पादन लिन सकिन्छ । बजारमा प्रति के.जी ५०० देखि ८०० सम्ममा बिक्री भै रहेको छ ।
यसरी हेर्दा प्रत्येक वर्ष वयस्क बोटबाट अहिलेको दररेट अनुसार पनि १०,०००।– आम्दानी
लिन सकिन्छ । राम्रो स्याहार पाएमा १५ देखी २० बर्ष सम्म आम्दानी लिन सकिन्छ ।
उपयोग :
परम्परा देखी नै मसला र आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुदै आईरहेको छ ।
बिश्व बजारमा बोक्रा लगाएत यसको तेलको पनि राम्रो बजार छ । यसको बोक्राबाट २.३–
८ प्रतिशत सम्म सुगन्धित तेल प्राप्त हुने गर्दछ । यसको बजारीकरणमा कुनै समस्या छैन ।
अन्तमा :
महाभारत पर्वतको आसपासको क्षेत्रमा यसको खेती राम्रो सम्भावना छ । ग्रामिण
किसानहरुको आयस्तर बृद्धि गर्न यसको ठुलो भूमिका हुनेछ । हाम्रो हावापानीमा प्राकृतिक
रुपमा नै फैलिरहेको छ । खेर गएको जमिन, ढिक, काल्ना, पाखोमा लगाई आम्दानी लिन
सकिन्छ । भौगोलिक बिकटता भएपनि बजार पु¥याउन हतारो गर्नु पर्दैन । अर्को सजिलो पाटो
त के भने खेतीका लागि त्यती धेरै सिपको आवश्यकता पर्दैन त्यसैले आयातित विदेशी
बिरुवाहरु भन्दा स्थानीय स्तरमा भएको बिरुवालाई नै संरक्षण गरी मनग्य आम्दनी गरौ ।

स्रोत : याग्रो मार्ट प्रा लि

वि.सं.२०७६ साउन २८ मंगलवार १६:३५ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घट्यो, उपभोक्तालाई राहत

अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घट्यो, उपभोक्तालाई राहत

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य प्रतिक्रेट ९०...

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

नवरपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा आगामी पौष २५ गतेदेखि...

स्याउ विकास बोर्ड गठनको तयारीमा कर्णाली प्रदेश सरकार

स्याउ विकास बोर्ड गठनको तयारीमा कर्णाली प्रदेश सरकार

काँक्रेविहार (सुर्खेत) । स्याउ उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश...

कति तोकेको छ त समितिले आजको तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ त समितिले आजको तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...