back

ब्रेक्जिटपछिको अवस्था मध्यनजर गर्दै सामानको भण्डार गर्दै बेलायती

वि.सं.२०७६ साउन २९ बुधवार

864 

shares

२८ साउन, लण्डन । बेलायतीले पछिल्ला केही साता एता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै नागरिकले अत्यावश्यक सामानको भण्डारण गर्न थालेका एक सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षणअनुसार अक्टोबरमा बेलायत यूरोपेली संघ (इयू)बाट सम्झौता बिहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीले खाद्यान्न, औषधि तथा पेय पदार्थको भण्डारण गरेका छन् ।

बेलायतीले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर सामानको भण्डारण गरेका बताइएको छ ।

वित्तीय संस्था प्रिमियम क्रेडिटले गरेको सर्भेक्षणमा हरेक पाँच बेलायतीमध्ये एक जनाले प्रतिदिन थप ४५८ अमेरिकी डलर खर्चिने गरेका पाइएको छ ।

सामान भण्डारण गर्नेमध्ये ७४ प्रतिशतले थप खाद्यान्न किनेर राखेका बताए भने ५० प्रतिशतले औषधीसमेत किनेर राखेको बताए । यस्तै ४६ प्रतिशतले पेय पदर्थको जोहो गरेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

प्रधानमन्त्रीमा कडा ब्रेक्जिट पक्षधर बोरिस जोनसन निर्वाचित बनेपछि उनले इयूसँग सम्झौता भएपनि नभएपनि निर्धारित अक्टोबर ३१ मा ब्रेक्जिटको कार्यान्वयन हुने बताएका छन् ।

यसपछि कैयौँ बेलायती नागरिकले यदि सम्झौताबिहीन अवस्थामा बेलायत इयू बाट बाहिरिए बेलायतमा कतिपय सामानजहरूको आपूर्तिमा कमी आउनसक्ने डर भएको बताएका छन् ।

बेलायतमा उपयोग हुने ५३ प्रतिशत खाद्यान्न मात्र स्वदेशमा उत्पादन हुने र बाँकी धेरै इयू सदस्य राष्ट्रबाट आयत हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

खाद्यान्न तथा अतिआवश्यक खाद्यान्न बाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ ।

बेलायती कानून कम्पनी बुडल ह्याटफिल्डले भनेको छ, “बेलायतमा आरामदायी विदेशी कारको किनबेचमा पनि १६ प्रतिशतले वृद्धि आएको छ भने आरामदायी विदेशी कारको आयातमा ३२ प्रतिशतले वृद्धि देखिएको छ ।” सिन्ह्वा

वि.सं.२०७६ साउन २९ बुधवार १०:१० मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...