back

समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार तुल्याउन सघाउनोस् ः परराष्ट्रमन्त्री

वि.सं.२०७६ साउन २९ बुधवार

1K 

shares

२९ साउन, काठमाडौँ । सरकारले काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई नेपालको आर्थिक समृद्धिका निम्ति सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ चयन भएपछि आज साँझ राजधानीमा भएको एचसिसीएनको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारको ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार तुल्याउन एचसिसीएनका सबै सदस्यको सक्रिय सहयोगको अपेक्षा गरेको बताए ।

नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न आह्वान गर्दै उनले मातृभूमिको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरे ।

आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले देश विशेषमा केन्द्रित रहेर रणनीतिक योजना तर्जुमा गरी त्यो कार्यान्वयनको प्रक्रियामा गएको जानकारी पनि दिए ।

नेपाललाई आर्थिक उन्नयनको मार्गमा अघि बढाउने पर्यटन, जलस्रोतलगायत क्षेत्रमा लगानी जुटाउने महत्वपूर्ण माध्यमका रुपमा अवैतनिक वाणिज्यदूतहरूले काम गर्न सक्ने भएकाले नेपालको राष्ट्रिय हितको प्रवद्र्धनमा लाग्नुपर्नेमा उनले जोड दिए । साथै उनले एचसिसीएनका समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
डीन श्रेष्ठले नेपालमा लगानीका अवसरबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरू क्रियाशील रहेको जानकारी दिँदै एचसिसीएनको आजैको बैठकबाट आगामी कात्तिक १६ देखि ३० गतेसम्म काठमाडौँमा विश्वभरका अवैतनिक वाणिज्यदूतहरूको सम्मेलन गर्ने निर्णय भएको बताए ।
भाइस डीन एवं मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले नेपालको सामाजिक–आर्थिक विकासका खातिर बाह्य सहायता जुटाउन तथा आफूहरूलाई नियुक्त गर्ने देशसँको नेपालको सम्बन्धलाई प्रगाढ तुल्याउने कर्तव्यबाट एचसिसीएन कदापि विमुख नहुने प्रण गरे ।

वि.सं.२०७६ साउन २९ बुधवार ११:११ मा प्रकाशित

Himalayan Life AD
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको...

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज (पर्सा) । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...