back

रेडक्रसको केन्द्रीय साधारणसभा रोकियो

वि.सं.२०७६ साउन २९ बुधवार

693 

shares

२९ साउन, काठमाडौँ । आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो । उनका अनुसार यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खाजिएको थियो ।

काठमाडौँका सहायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा नटुङ्गिँदासम्मका लागि साधारणसभा स्थगित गर्न निर्देशन दिएको जानकारी दिए ।
रेडक्रसमा अनियमितता भएको भनेर अदालतमा मुद्दा चलिरहेको छ । आज सोसाइटीले पत्रकार सम्मेलन गरी साधारणसभा स्थगित गर्नुपर्दा मर्माहत हुन पुगेको जनाएको छ । प्रशासन कार्यालयको पत्रानुसार कार्यक्रम स्थगित गरेर जवाफ समेत पठाइसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

वि.सं.२०७६ साउन २९ बुधवार ११:५४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

चितवन । जिल्लाका मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको...

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा

विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा

कञ्चनपुर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन...