back

दलित बस्तीमा घरैपिच्छे धारा

वि.सं.२०७६ साउन २९ बुधवार

570 

shares


२९ साउन, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–३ गाउँशहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपाकिाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो । अभियानअन्तर्गत गत मङ्सिरको पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पैसठ्ठी हजार लिटर क्षमताको पानीको ट्याङ्की निर्माण भइसकेको छ ।

त्यस्तै घरघरमा खानेपानी पाइप बिच्छ्याइनाका साथै मिटरबक्ससमेत जडान भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चबहादुर हिमालीले बताए । मुहानमा इनटेक, रिजर्भ ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने कार्य, धाराका संरचना निर्माण मिटर जडानदेखि धारामा पानी ल्याउने कामसम्मका सम्पूर्ण कार्य सकिएको उनले बताए । समितिका अनुसार ६५ घरधुरीमध्ये ५७ घरधुरी दलितको छ । त्यस्तै गैरदलितको आठ वटा घरमा समेत जडान गरिएको धारामा पानी झर्न थालेको छ । खानेपानी ट्याङ्कीबाट ५०० मिटरमाथि देवीस्थान (अलैँची बारी) को मुहानबाट खानेपानी ल्याएको हो । प्रत्येक घरमा जडान गरिएको धारामा केही दिनअघिदेखि पानी आएको बेँसीशहर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका स्थानीय उपभोक्ता अजय मजाकोटीले बताए ।

धाराबाट आउने सफा पानी खान पाउने हुँदा स्थानीयवासीको स्वास्थ्य असर नपर्ने, समयको बचत र गाउँ सफा हुनाका साथै अन्य काम गर्न स्थानीयवासीको समय बचत हुने र पहिलाको जस्तो पानीको धारा खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । नगरपालिकाले उक्त खानेपानीका लागि आव २०७५÷६६ को बजेटबाट रू छ लाख तीन हजार उपलब्ध गराएकामा स्थानीयवासीको रू दुई लाख ५० हजार बराबरको श्रमदान र स्थानीय उपभोक्ताबाट रू छ लाख ५० हजार सङ्कलन गरिएको थियो । (रासस)

वि.सं.२०७६ साउन २९ बुधवार १४:५० मा प्रकाशित

Himalayan Life AD
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...