back

भुक्तानी पाएनन् उखु किसानले

वि.सं.२०७६ साउन २९ बुधवार

630 

shares


२९ साउन, नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले २०७५ सालमा करीब रू ७० करोड र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करीब रु चार करोडको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौँ को रकम भुक्तानी गर्न बाँकी छ ।

इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब रु १६ करोड र सोभन्दा अघिल्लो वर्षको करीब रु चार करोड गरी रू २० करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको उक्त समितिले जनाएको छ । यसैगरी २०७० सालमा लुम्बिनी चिनी उद्योगको करीब रु १४ देखि १५ करोड र बागमती चिनी उद्योगले करीब रु ३५ करोड किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ । समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी छ । तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उनी बताउँछन् ।

सरकारले उखुको प्रतिक्विन्टल मूल्य रू ५३६।५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी रू ६५्२८ प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिइने जनाएको छ । चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी शुरु गरिसकेको जनाएका छन् । उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानलाई खरीद पुर्जी सङ्कलन गरी भुक्तानी दिन शुरु गरिसकेको उद्योगहरुको भनाइ छ । आफ्नो उद्योगले अहिलेसम्म करीब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापा बताउँछन् ।

उनका अनुसार उद्योगलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले उद्योगमैत्री नीति बनाउन जरुरी छ । सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर जमीनमा उखु खेती हुँदै आएको छ । (रासस)

वि.सं.२०७६ साउन २९ बुधवार १४:५६ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा) । यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई...