back

फर्कन लागे मलेसियाबाट नेपालीहरु

वि.सं.२०७६ साउन २९ बुधवार

501 

shares

२९ साउन । मलेसियामा भिषा नभएका वा भिषाको अवधि सकिएकाहरुलाई मलेसियन सरकारले दिएको आममाफीको अवसरको सदुपयोग गर्दै नेपालीहरु फर्कने क्रम सुरु भएको छ । मंगलबार मात्र २० जना फर्किएकोमा बुधबार २९ जना नेपाली नेपाल फिर्ता गरिएको मलेसियाबाट संचारकर्मी रवि भट्टले बताए । सेरेम्बान अध्यागमनमा नेपाली राजदुतावासले हरेक दिन निःशुल्क उपलब्ध गराउदै आएको सवारी साधनबाट उनीहरुलाई एयरपोर्टसम्म पु¥याउँदै आएको छ ।

दूतावासले आममाफीबाट स्वदेश फर्कन चाहनेहरुले ७०० जरिवाना १६० राजस्व र टिकट लिएर सिधा दूतावासमा आउन आग्रह गरेपनि मान्छेहरु १८०० देखि २२०० आरएम तिरिरहेको प्रमाण फेला परेको संचारकर्मी रवि भट्टले बताएका छन् ।

मलेसियन सरकारले अगष्ट १ देखि ३१ डिसेम्बर २०१९ सम्म ५ महिनाको लागि आममाफी कार्यक्रम सुरु गरेको छ । सो अवधिमा पनि नफर्कि गैरकाुननूी रुपमा बसिरहनेहरुमाथि कडा कार्वाही गरिने बताइएको छ । मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी रुपमा रहेका आफ्ना नागरिकलाई मलेसिया सरकारले दिएको आममाफीको अवसरको सदुपयोग गर्दै स्वदेश फर्कन आग्रह गरिरहेको छ।

वि.सं.२०७६ साउन २९ बुधवार १७:०३ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...