back

७६ वर्षको उमेरमा सामाजिक कार्य गर्दै तनहुँका एक वृद्धा

वि.सं.२०७६ साउन २९ बुधवार

873 

shares


२९ साउन, तनहुँ । समाजमा बसेर सामाजिक कार्य गर्न कुनै उमेरले छेक्दैन भन्ने गतिलो सन्देश तनहुँका एक ७६ वर्षीय हाजी अब्दुलरहिम मियाँले दिएका छन्।

जिल्लाको भानु नगरपालिका–१३ सम्जुर निवासी मियाँले गरीब असहायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नेदेखि विकास निर्माणका कार्य गर्दै आएका छन् । सामाजिक क्षेत्रमा मियाँले गरेको क्रियाकलाप देखेर त्यस क्षेत्रका युवापुस्ताका व्यक्तिहरुसमेत दङ्ग पर्ने गरेका छन् । मियाँले नगरपालिकाबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ताको रकम सामाजिक क्रियाकलापमा खर्च गर्दै आएका छन् ।

“आफूलाई सामाजिक कार्यमा खर्च गर्न पाउँदा आनन्द लाग्छ”, उनले भने, “विगत छ वर्षअघि देखि आफूले पाउने भत्ता रकम गाउँका पाटीपौवा, चौतारो तथा धारा निर्माण लगायतका क्षेत्रामा खर्चिंदै आएको छु ।”

गाउँको कुवामा पानी लिन जाने बाटो अप्ठ्यारो भएकाले करीब ४० मिटर बाटो ढुङ्गा बिच्छ्याएर सिँढी निर्माण गरिदिएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । उनले भने, “सिँढी निर्माण गर्दा झण्डै रु ५० हजार खर्च गरेको छु ।”

आफू जन्मिएको गाउँ छाडेर सन्तान शहर झर्न थाले पनि आफूलाई गाउँको मायाले गर्दा गाउँ छोड्न नसकेको उनले बताए । आफू जन्मिएको ठाउँलाई माया गर्नुपर्छ । उनले बताए, “समाजका लागि कसरी काम गर्नुपर्छ भन्ने प्रेरणा दिन पनि गाउँमै बसेर सकेको काम गरिरहेको छु ।”

सोही वडास्थित जनसहयोगी माविका पूर्वअध्यक्ष तथा हाल सल्लाहकार रहनुभएको मियाँले उक्त विद्यालयलाई प्राथमिक तहबाट स्तरोन्नति गर्दै निम्न माध्यामिक देखि माध्यामिक तहसम्म बनाउन ठूलो योगदान गरेको राष्ट्रिय मुस्लिम आयोगको पूर्वसदस्य तथा भानु मोटर मार्ग उपभोक्ता समितिका अध्यक्ष हाजी रफिक मियाँले जानकारी दिए ।

गाउँका मस्जिद, मन्दिर, मदरसा, बाटो लगायतमा जनश्रमदान गर्न खटिने, आवश्यक परे आर्थिक सहयोग गर्न पनि पछि नपर्ने जस्ता स्वभावले समाजका अन्य मानिसलाई पनि केही गराँै भन्ने प्रेरणा दिने काम गर्नुभएको उनले बताए ।

समाजसेवी मियाँले गाउँमा चार वटा चौतारो र तीनवटा ठाँटी निर्माण गरिसकेका छन् । गाउँमा रहेको इदगाह मस्जिद नजीक वरपीपलको चौतारो र ठाँटी, ज्यमिर गैरो भन्ने ठाउँमा चौतारो, राङ्ख्याचौरमा चौतारो र ठाँटी, कुवापानी पधेराँमा ठाँटी, कलेस्ती हाँडीखोलामा चौतारो निमार्ण गर्नुभएको स्थानीय जनसहयोगी माविका पूर्वशिक्षक बाबुराम खनालले बताए।

सामाजिक विकास निर्माणका क्रममा उनले आफ्नो निजी रकमसमेत सामाजिक क्रियाकलापमा खर्चिनु भएको छ । उनले भने, “छोराछोरीको कमाई खाएर आनन्दसँग बस्ने उमेरमा सके आफैँले नसके कामदार खोजेर भए पनि निर्माण कार्य गर्ने स्वभाव उनमा रहेको छ ।”

मियाँले गाउँका विभिन्न विद्यालयमा छात्रवृत्ति कोष स्थापना तथा छात्रवृत्ति वितरण गर्न रु एक लाख खर्च गरिसकेको बताइएको छ । आर्थिक अभावका कारण कोही कसैले शिक्षाबाट वञ्चित हुन नपरोस् भनी गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गर्नुभएको स्थानीय पूर्वशिक्षक खनालले बताए ।

गाउँ समाजमा हुने जुनसुकै कार्यमा सक्रियता देखाई सामाजिक कार्यमा खटिएको देख्दा आफूसमेत चकित परेको भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले बताए । सामाजिक कार्यका लागि आफूले पाउने सामाजिक सुरक्षा भत्ता रकम मात्रै नभई निजी सम्पत्तिसमेत उनले खर्च गर्दै आएको वडाध्यक्ष बानियाँले जानकारी दिए।

केही दिनअघि मात्रै मियाँले जिल्लाको म्याग्दे गाउँपालिका–७ रानीस्वाँरा निवासी कृष्णबहादुर विकको छोरी आशिकालाई कापी र कलम लगायतका शैक्षिक सामग्रीहरु प्रदान गरेका थिए ।

थुर्पस्थित मीन माविमा कक्षा ९ अध्ययनरत आशिकाका बाबु अपाङ्ग र आमा विवाह गरी अन्यत्रै गएपछि आर्थिक अवस्था नाजुक रहेकाले थोरै भए पनि शिक्षा क्षेत्रमा सहयोग गरेको मियाँले बताए। कुनै जाति, धर्म, लिङ्ग नभनीकन सबैलाई समान दृष्टिले सामाजिक काम गर्ने मियाँलाई गाउँ सेवा कोष लगायतका विभिन्न संघसंस्थाले सम्मानसमेत गरिसकेको छ । (रासस)

वि.सं.२०७६ साउन २९ बुधवार १७:०९ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट (बागलुङ) । अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी...

साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित

साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल...

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता...

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत...

आर्थिक अभावले उपचारमा समस्या भएकालाई विद्यार्थीको सहयोग

आर्थिक अभावले उपचारमा समस्या भएकालाई विद्यार्थीको सहयोग

भोजपुर । भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीले आर्थिक रूपमा कमजोर भएका...