back

रवि लामिछानले भने-‘शालिकरामलाई ठूलो भ्रम परेछ, प्रमाणित भए सजाय होस्’

वि.सं.२०७६ साउन २९ बुधवार

822 

shares

२९ साउन, काठमाण्डौं । पत्रकार रवि लामिछानले आत्म्हत्या गरेका शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको स्पष्टोक्ति दिएका छन् ।

बुधबार विभिन्न संचारमाध्यममा पत्रकार पुडासैनीले आत्महत्यापूर्व भिडियो रेर्कड गरेर आफूलाई मर्न बाध्य बनाइएको भन्दै श्रीमती सम्झनालाई सम्बोधन गर्दै रवि लामिछानेको नाम समेत लिएको भिडियो रहेको भन्ने समाचार आएपछि लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत् स्पष्टोक्ति दिएका हुन् ।

लामिछानेले मर्नेले लगाएको आरोप प्रमाणित भएमा आफू हदैसम्मको सजाय भोग्न तयार रहेको बताउँदै केही समयमा थप जानकारी समेत गराउने बताएका छन् ।

‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ ।’ लामिछानेले लेखेका छन् ।

वि.सं.२०७६ साउन २९ बुधवार १७:२७ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...