back

म्यानमारमा डेँगुका कारण ४८ को मृत्यु, १० हजार सात सय प्रभावित

वि.सं.२०७६ साउन ३० बिहीवार

681 

shares

३० साउन ,याङ्गुन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ ।

गत सात महिनाको अवधिमा अरु १० हजार ७५७ जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ ।

विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन् ।

यसअघि सन् २०१८ मा यस रोगबाट १८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस वर्ष मृत्यु हुनेको सङ्ख्या भने २५ रहेको अधिकारीहरूले जनाएका छन् ।

सिन्ह्वा

वि.सं.२०७६ साउन ३० बिहीवार ०८:५२ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...