back

नेपाली जनता कानुन र कानुनचीको पासोमा फस्दै

वि.सं.२०७६ साउन ३० बिहीवार

681 

shares

कुनै राजनीतिक व्यवस्था आफैमा नराम्रो भएर हैन, बिभिन्न दृष्टिले राज्यले त्यो बेयवस्थालाई थेग्न नसकेर नै पल्टिन्छ । राणा, बहुदलीय प्रजातन्त्र, पंचायत, बहुदलीय संवैधानिक प्रजातन्त्र, राजतन्त्र पल्टनुका कारण तिनलाई मुलुकले थेग्न नसकेरै हो । अहिले पनि संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्था पनि झन् अराजकता एवं आर्थिक दृष्टिले नै थेगिएला जस्तो लक्षण देखिदैन ।

कानुन लेख्न कुनै कठिनाई हुदैन, एउटा वकिलले सजिलै धस्काईदिन सक्छ । मुल कुरा, देश–काल–संस्कृति–संस्कार–सामाजिक मूल्य–मान्यता, आध्यात्मिक–धार्मिक आस्था, विद्यमान समाज व्यवस्था, समाजको भिजन, सामाजिक एवं पारिवारिक सुख, शान्ति, अमनचयन–मैत्री कानुन बन्नु हो । बनेको कानुन प्रभावकारी लागू गर्न पर्याप्त लगानी, सक्षम संस्थागत व्यवस्था, योग्य न्यायप्रेमी अधिकारी, ईमानदार सुसंस्कारयुक्त पदाधिकारी, शिक्षित धरातलीय संस्कारयुक्त राजनीतिक नेतृत्व, पेशागत एवं प्राविधिक क्षमतायुक्त भुईस्तरका विज्ञ, छरितो चुस्त न्याय एवं प्रशासन प्रणाली अपरिहार्य, पूर्वशर्त र पूर्वाधार हुन् ।

यी पूर्वाधारका एवं सक्षमताको नितान्त कमी र भताभुंग भएको मुलुकमा हाल धमाधम बेढेगे कानुनका ढड्डाहरू मात्र निर्माणको गति र मति हेर्दा यो मुलुक अपराधीको बसोबास गर्ने हो र देशै जेल बनाउनुपर्छ भन्ने अवस्था भयावह देखिदैछ ।

ऐले बनेका मुलुकी कानुनहरूको मर्म केलाउदा, यो मुलुकमा बस्ने जति सबै अपराधी नै अपराधी हुन् भन्ने पूर्वमान्यतामा आधारित मगज कुठाउँमा भएकाहरूको ताण्डव नाचको महसुस गर्न पुगेको देखिन्छ । यति निम्न कोटीको धरातलीय यथार्थ्बिमूख कानुनहरू बनेको यो मुलुक सायद विश्वमा न भूतो न भविष्यति होला ! मुलुकबासी एकएक सबै कुनै दिन अपराधीको ट्याग लाग्ने दिन अब धेरै समय नपर्खे हुने भयो । नेपाली अहिले नर्कको यात्रामा कानुनको डुंगामा चढ्न सुरू गरिसकेको भान हुन्छ ।

नेपालमा अहिले जुन शैली र आईभोरी टावरमा वसेर आलाकाँचा, ईतिहास, संस्कार, समाज नबुझेकाहरूको लहडमा कानुन बन्दैछ, यसले ३ करोड नेपाली सबै कुनै न कुनै रूपमा अपराधी वा आरोपित हुने संभावना बढ्दैछ–कति जानेर, कति अंजानमा, कति दलालको फन्दामा परेर, कति बाध्यताले, कति अव्यावहारिक कानुनले, कति घुस्याहा प्रशासक, पुलिस वा न्यायकर्मीबाट फसाईएर, कति दु :ख दिने गाउसहरीया फटाहाहरूको सक्रियता बढ्नाले ।

नेपाली समाज निरन्तर घोर कानुनची litigative बन्दै जानु अशान्त मुलुकतर्फ दगुरेको संकेत हो । यस्तो समाजमा अमनचयन हैन बैरभाव मात्र बढेर चाँडै नर्क बन्न पुग्छ । जहाँ जे कुरा पनि कानुनबाट समाधान गर्ने रोग लाग्छ, त्यहाँ न्याय छैन र अपराधिकरणको चरणबाट गुज्रेको छ भन्ने सूचक दिने गर्छ । गैरजिम्मेवार सरकार तथा राज्ययन्त्र र अपराधी मानसिकताका जनता बिकसित हुदै जान्छ ! जेलहरू नानाथरिका आरोपित वा अभियुक्तहरूले भरिन्छन्, कानुनचीहरूको स्वर्ग बन्छ, ब्ल्याकमेलिंग र दलालीतन्त्र बढ्छ र मुलुक पुन : दुसाध्य राजनीतिक उथलपुथलमा फस्न पुग्छ ।

कानुनचीको कहिले फुस्कन नसक्ने पासोमा नेपालीहरू फँस्न लागिरहेका देखिन्छन् ।
कानुन न्यायका लागि हुनुपर्छ । तर अहिले झन झन् कानुनचीको कमाई खाने भाँडो बन्दैछ, त्यसलाई रोक्नुपर्छ । तर कसरी ?

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन ३० बिहीवार ०८:५६ मा प्रकाशित

Himalayan Life AD
गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्रका पिता र जिम्मेवार अभिभावकको भूमिका

गणतन्त्र कुनै एक दिनको नारा होइन, न कुनै क्षणिक राजनीतिक...

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

यी हुन् महाभारत उत्तरका खडेरी ग्रस्त क्षेत्रका समस्या समाधानका उपायहरु

नेपालको सिन्धुली, रामेछाप, ओखलढुङ्गा र खोटाङका केही भागहरू जस्ता वर्षा...

निर्वाचन लोकतन्त्रको आत्मा हो

निर्वाचन लोकतन्त्रको आत्मा हो

मुलुक आज निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरता, सत्ता–स्वार्थ र...