back

पहाडी सडक खुलेपछि खाद्यान्न ढुवानी

वि.सं.२०७६ साउन ३० बिहीवार

981 

shares

३० साउन, गाईघाट । बर्षाका कारण भत्किएर एक महिनासम्म अबरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछी खाद्यन्न ढुवानी शुरु भएको छ ।
सदरमुकाम गाइघाट बजार र रौतामाई गाउँपालिकाको ब्यापारिक केन्द्र मुर्कुची बजारबाट उदयपुरको मध्यउत्तरी पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडकमर्मतका साथै खसेको पहिरो हटाइएकाले सवारी साधानबाट खाद्यन्न पनि ढुवानी गरिएको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिलाकुमारी राईले जानकारी दिए ।
सडक खुलेसँगै बुधबार बिहानैदेखि ट्रयाक्टरबाट जिल्लाको सदरमुकाम गाईघाट र रौताको मुर्कुची बजारबाट झण्डै बीस ट्रयाक्टर लिम्चुङबुङको माझखर्क, बासबोटे र बराहमा खाद्यन्न ढुवानी गरिसकिएकाले ती स्थानमा खाद्यान्नको समस्या समाधान हुन थालेको उक्त गाउँपालिकाका कार्यकारी अधिकृत खम्बराज राईले बताए ।
गत असारको अन्तिम हप्ता आएको भीषण बाढी र पहिरोका कारण सदरमुकाम गाईघाट र ब्यापारिक केन्द्र मुर्कुचीदेखि जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रका गाउँहरु जोड्ने सम्पूर्ण सडक ठाउँ ठाउँमा पहिरोले पुरिएको र भत्किएपछि सवारी साधन सञ्चालन हुन नसकेकाले खाद्यन्न र दैनिक उपभोग्य बस्तुको अभाव भोग्दै आउन परेको सो क्षेत्रका बासिन्दाको गुनासो थियो ।
प्रदेश नम्बर १ को सरकारले हेलिकोप्टरबाट ४१ क्वीन्टल चामल सो स्थानमा ढुवानी गरेपनि अपर्याप्त हुँदा यहाँका बासिन्दा असन्तुष्ट थिए तर बल्ल एक महीनापछी सवारीसाधानले खाद्यान्न धुवानी गर्न थालेकाले जनजीवन सहज हुन पुगेको लिम्चुङबुङ बराहका कृष्णराज बरालले बताए ।
रौतामाई गाउँपालिकाले रू पन्ध्र्र लाख, लिम्चुङबुङ गाउँपालिकाले रू पचीस लाख र प्रदेश नम्बर १ सरकारले रू बीस लाख गरेर कूल रू साठ्ठी लाखको लागतमा रौतामुर्कुची डिल्लीबर हुँदै लिम्चुङबुङसम्मको सडक खुलाइएको सडक ब्याबस्थापन समितिका संयोजक मनोज बुढाथोकीले बताए ।
साउनको ३ गतेदेखि आधादर्जन स्काभेटर तथा जेसिभि र दैनिक पचासौं मजदुर प्रयोग गर्नाका साथै दिनरात काम गरेर ठाउँठाउँमा भत्किएको तथा पहिरोले अबरुद्ध बनाएको सडक खुलाउन आफुहरु सफल भएको उनको भनाइ थियो ।
लिम्चुङबुङ बराहका देबेन्द्र बरालले भने, “यस पटक फागुनदेखि खडेरी परेकाले मकैबाली सबै नष्ट हुँदा गाउँघरमा अन्य जगेडा अन्न नभएकाले अन्यत्रबाट चामल ढुवानी गर्दै ल्याउनु परेको थियो । असार अन्तिम सातादेखि बर्षाका कारण एक महिनासम्म सडक अबरुद्ध भएकाले अन्नको अभावमा कष्टपूर्ण तरिकाले दिनरात काट्दै आउनुपरेको थियो तर अब सडक सञ्चालन भएकाले चामल–दाल त किनेर ल्याई खान सकिने भयो ।” (रासस)

वि.सं.२०७६ साउन ३० बिहीवार १३:४१ मा प्रकाशित

Himalayan Life AD
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

चन्द्रकला भण्डारी,झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको...

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय...

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भद्रपुर (झापा) । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार...

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा...