३० साउन, काठमाडौँ । पछिल्लो समयको नेपाली चलचित्रको पार्श्व गायनमा लोकप्रिय कहलिएकी गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको सुमधुर आवाजमा रहेको यूगल गीत ‘जब देखें तिमिलाई’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
हालका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छिन् ।
डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ ।
राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ ।
निरु कर्माचार्यको निर्माण रहेको म्युजिक भिडियोलाइ डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो ।
वि.सं.२०७६ साउन ३० बिहीवार १२:१६ मा प्रकाशित




























