back

पर्यटक आकर्षित गर्न बाघको मूर्ति

वि.सं.२०७६ साउन ३० बिहीवार

840 

shares


३० साउन, नवलपरासी । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नवलपरासीको कावासोतीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बाघको मूर्ति निर्माण गरिएको छ । कावासोती नगरपालिका–१५ स्थित अमलटारी घरवास क्षेत्रमा निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति भएको घरवासका व्यवस्थापक धनीराम गुरौले बताए ।
बाघको उचाइ जमीनदेखि साढे ५ फिट र लम्बाइ १३ फिट रहेको उनको भनाइ थियो । मूर्ति निर्माणकै क्रममा नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति बनाउने योजनाअनुसार नै सो काम गरिएकोे व्यवस्थापक गुरौले बताए । अमलटारी क्षेत्र नवलपुरको पर्यटकीय गन्तव्यमध्येको एक महत्वपूर्ण क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई लक्षित गरेर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको घरवास अनुदानको रुकमबाट रु १० लाखको सहयोगमा मूर्ति निर्माण गरिएको हो ।

बाघको मूर्तिसँगै यहाँ तीन चित्तलको मूर्तिसमेत बनाइएको छ । यहाँ आउने पर्यटकलाई मूर्ति अवलोकनसँगै आराम गर्नका लागि विश्रामस्थललगायतका भौतिक संरचनासमेत निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमटारी क्षेत्र गैँडा अवलोकनका लागि परिचित भए पनि यस क्षेत्रमा बाघसमेत रहेकाले यसको प्रचार–प्रसारका लागि बाघको मूर्ति निर्माण गरिएको व्यवस्थापक गुरौले जानकारी दिए ।अहिले आन्तरिक पर्यटक बाघको मूर्ति हेर्नकै लागि पनि आउने गरेका छन् । (रासस)

वि.सं.२०७६ साउन ३० बिहीवार १२:५५ मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...