back

एनआरएनए बेलायतको चुनावले लियो नयाँ मोड, सर्वसम्मत बन्लान् त शेर सुनार ?

वि.सं.२०७६ साउन ३० बिहीवार

645 

shares

गैरआसवासीय नेपाली संघ बेलायतको चुनावले नयाँ मोड लिन लागेको छ । अध्यक्षका उम्मेदवार शेर बहादुर सुनारलाई सर्बसम्मत अध्यक्ष बनाउने दौडमा बेलायत एनआरएनए कस्सिएको छ ।

चुनावको पूर्वसन्ध्यामा एनआरएनए बेलायतमा एकाएक देखिएको परिवर्तनले सबैलाई उत्सुक र उत्साहित बनाएको छ । अध्यक्षमा आफ्नो उम्मेवारी घोषणा गरेका बर्तमान चार उपाध्यक्षमध्ये शेर बहादुर सुनारलाई अध्यक्ष बनाउन सर्वसम्मत प्रयास गरिएको छ ।

अध्यक्षका दावेदार रहेको संघका चार बहालवालाहरु उपाध्यक्षहरु प्रेम गाहा मगर, ललित न्यौपाने र सुशीला राई एकै ठाउँमा उभिदैं शेर सुनारको नेतृत्वमा चुनावमा जाने साझा प्रतिबद्धता गरेका छन् ।

अध्यक्षका दाबेदार सुनारले आफूहरुको पक्षमा स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र मिडल्याण्डका शुभचिन्तकहरुबाट सर्मथन आइरहेको बताएका छन् ।

त्यस्तै अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर, सुशीला राई, ललित न्यौपानेले सम्बोधनका क्रममा अध्यक्षका उम्मेदवार सुनारलाई आफूहरुको सहयोग र साथ रहेको प्रतिबद्धता जनाउँदै एनआरएन युकेका संस्स्थापक सदस्य हुँदै अध्यक्षका लागि अगाडि बढेका सुनारलाई सहयोग गर्ने बताएका थिए ।

सोहि अवसरमा गाहा मगरले बेलायतवासी स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र मिडल्याण्डका नेपाली दाजुभाइ दिदी बहिनी तथा गुल्मी जिल्ला समाज युके, मगर संघ युके, नयाँ युवा संघ युके, साथै आफ्ना शुभचिन्तकहरूको ठूलो सहयोग हुँदा हुँदै पनि बेलायत बासीको चाहाना ‘भरसक सर्वसम्मत होस्’ भन्ने रहेको र यस्तो चाहनाको सम्मन गर्दै यस्तो निर्णय गरेको संसारन्युजलाई बताए ।

गाहा मगरले भने, ‘सायद पहिलो चोटी एनआरएनएमा दलित समुदायका शेर सुनार एनआरएनए युकेको नेतृत्व हुँदा समावशीको मुख्य ज्वलन्त उदाहरण हुने भन्ने सोचले मेरो उमेदवारी फिर्ता लिएको हु ।’ उनले आफूले गरेको घोषणा उपाध्यक्षमा रहेर पूरा गर्ने पनि बताएका छन् । साथै राई र न्यौपानेले दुवैजना आईसीसीमा जाने बताउँदै आफ्नो अबको अध्यक्ष सेर सुनार भएको बताए ।

चारै जनालाई एकै ठाउमा बनाउन सहजीकरको मुख्य भूमिका निर्वाह गर्नेमा प्रमुख सयोजकको रूपमा एनआरएनए यूकेका सल्लाहकार तथा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष साथै ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष ओमप्रसाद थापा काउचा संयोजक, एनआरएन यूकेको अर्का सल्लाहकार नारायण कँडेल, युवा संघका अध्यक्ष धिरज राई साथै एनआरएनए युके केन्टका सयोजक रूद्र थापाको मुख्य भूमिका रहेको थियो ।

तीनजनाले अध्यक्षका रुपमा शेर सुनारलाई सहयोग गरेपछि अब चुनावी मैदानमा पुनम गुरुङ रहेकी छन् । उनलाई पनि सहमतिमा ल्याएर एनआरएनए बेलायतलाई नमुना बनाएर देखाउने कोशिष गरिने पनि ओम थापा काउचाले जानकारी दिएका छन् ।

वि.सं.२०७६ साउन ३० बिहीवार १३:३५ मा प्रकाशित

Himalayan Life AD
विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...