back

नेकपाका सचेतक ढकालको घरमा बम विष्फोट

वि.सं.२०७६ साउन ३१ शुक्रवार

522 

shares
GLOBAL IME AD
NTC AD

३१ साउन, बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ ।

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनी चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उनले बताए ।

नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन् । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए । रासस

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०८:५५ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...