back

शिक्षक लाईसेन्स : अनलाइनबाटै शिक्षकसेवा आयोगको प्रवेशपत्र वितरण

वि.सं.२०७६ साउन ३१ शुक्रवार

228 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

३१ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले पहिलो पटक अनलाइन फाराम भर्ने गरी खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्दैछ ।

आयोगले परीक्षार्थी आफैँले प्रवेशपत्र निकाल्न मिल्ने व्यवस्था मिलाएको छ । आयोगका अनुसार गत असार २ गते प्रकाशन गरिएको विज्ञापनमा २ लाख ५० हजार भन्दा बढीले लाईसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमध्ये सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि आवेदन परेको पनि आयोगले बताएको छ ।

आयोगले पहिलो पटक अध्यापन अनुमतिपत्र परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था गरेको हो । प्रवेशपत्र आफैंले प्रिन्ट गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।

प्रवेशपत्र प्रिन्ट गर्नका लागि आयोगले भदौ १५ गतेपछि सूचना प्रकाशित गर्ने पनि जनाएकोे छ । साथै उक्त सूचनामा नै परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्रहरुको पनि जानकारी दिइनेछ ।

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०९:४७ मा प्रकाशित

त्रिविको उपकुलपति छनोटका लागि उम्मेदवारहरुको अन्तर्वार्ता आज हुँदै

त्रिविको उपकुलपति छनोटका लागि उम्मेदवारहरुको अन्तर्वार्ता आज हुँदै

  काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरुको...

त्रिविको उपकुलपतिमा आवेदन दिएका ४३ मध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

त्रिविको उपकुलपतिमा आवेदन दिएका ४३ मध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३...

पूर्वाञ्चल विश्वविद्यालयका लागि उपकुलपतिको आवेदन दिन के–के छन्  मापदण्ड ?

पूर्वाञ्चल विश्वविद्यालयका लागि उपकुलपतिको आवेदन दिन के–के छन् मापदण्ड ?

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालयका लागि उपकुलपतिको आवेदन माग गरेको...

राष्ट्र बैंकले माग्यो करारमा ड्राइभर

राष्ट्र बैंकले माग्यो करारमा ड्राइभर

काठमाडौं । राष्ट्र बैंकले करारमा नौ जना सवारी चालकको माग...

गुणस्तरमा सुधार ल्याउन सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

गुणस्तरमा सुधार ल्याउन सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड...