back

रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिदैं, सर्वसाधारणद्धारा नाराबाजी

वि.सं.२०७६ साउन ३१ शुक्रवार

780 

shares

३१ साउन, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नियन्त्रणमा लिइएका न्युज २४ का पत्रकारद्धय रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

विहिबार महाराजगन्जस्थित न्युज २४ को कार्यालयबाट पक्राउ गरेर चितवन लगिएका पत्रकारद्धय र कार्कीलाई जिल्ला अदालत भरतपुरमा म्याद थपका लागि लैजान लागिएको बताइएको छ ।

पत्रकार लामिछाने निर्शत रिहाइ हुनुपर्छ भन्दै सर्वसाधारणहरुले भरतपुर जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरिरहेका छन् । उनीहरुले रविले राम्रो काम गरको र उनीको कामबाट आत्तिएकाहरुले यस्तो षडयन्त्र गरेको आरोप समेत लगाएका छन् ।

स्मरण रहोस्, साउन २० गते नारायणगढको बसपार्कस्थित कंगारु होटलमा आत्महत्या गरेको भनिएका नुवाकोट कुमरीका पत्रकार शालिकराम पुडाशैनीले आत्महत्या गर्नुभन्दा पहिले भिडियो रेर्कड गरेर पत्रकार लामिछाने, कंडेल र डिपेन्डेमा अष्ट्रेलिया लैजान लागेको भनिएकी ओखलढुंगाकी नर्स अस्मिता कार्कीका बारेमा बताउँदै आफूलाई रवि लामेछानेले मर्न बाध्य बनाएको भनेका थिए ।

वि.सं.२०७६ साउन ३१ शुक्रवार १०:४९ मा प्रकाशित

Himalayan Life AD
दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

गण्डकी  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ...

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा...

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

काठमाडौँ । सामाजिक अभियानमा सक्रिय रहेकी आशिका तामाङ धादिङ–१ बाट...

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको...

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक...