back

बङ्लादेशमा राष्ट्रपिताको सम्झना गर्दै राष्ट्रिय शोक दिवस मनाइयो

वि.सं.२०७६ साउन ३१ शुक्रवार

804 

shares


३१ साउन, बङ्गलादेश । बङ्लादेशमा राष्ट्रपिताको सम्झना गर्दै बिहीबार राष्ट्रिय शोक दिवस मनाइएको छ । शोक मनाउन आधा झण्डा झुकाइएको थियो ।

बङ्गलादेशको स्वतन्त्रताका लागि नेतृत्व गरेका राष्ट्रपिता मानिने बङ्गाबन्धु शेख मजिबर रहमानको हत्या भएको ४४औँ बर्ष भएको दिन पारेर बिहीबार शोक मनाइएको हो ।

ढाकाको धानमोन्दी रोडमा रहेको बङ्गाबन्दु स्मृति संग्रालयहमा निर्माण गरिएको उहाँको शालिक अगाडि भएको उक्त कार्यक्रममा राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनाले मौन धारण र प्रार्थना गरेर शोक दिवसको सुरुवात गरिएको थियो ।

उनीहरुले केही समय मौन धारण गरेर राष्ट्रपिता बङ्गाबन्दुको आत्माको चीर शान्तिको कामना गरेका थिए ।

सन् १९७५ को आजकै दिन (अगस्ट १५ तारिख) मा बङ्लादेश स्वतन्त्र बनाउने नायक बङ्गाबन्दुको हत्या भएको थियो । हत्याराहरुले उनीसँगै उनका अधिकांश पारिवारिक सदस्यहरुको पनि हत्या गरेका थिए ।

यस घटनालाई विश्वकै अत्यन्त नराम्रोसँग रक्तपातपूर्ण तरिकाले राजनीतिक नेताको हत्या भएको उल्लेखनीय घटनाका रूपमा लिइन्छ । (रासस)

वि.सं.२०७६ साउन ३१ शुक्रवार १०:४६ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...