back

बम विष्फोट भएको घटनास्थलमा मुख्यमन्त्रीद्वारा अवलोकन

वि.सं.२०७६ साउन ३१ शुक्रवार

762 

shares


३० साउन, रुपन्देही । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । मुख्यमन्त्रीसहितको टोलीले सचेतक ढकालको निजी निवासमा पुगेर स्थलगत निरीक्षण गर्नुका साथै घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे। छानबिनका लागि कुनै कसुर नराख्ने भन्दै उनले परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्ता अपराधपूर्ण कार्य सह्य नहुने भन्दै घटनामा संलग्नको खोजबिन गरेर कानूनी दायरामा ल्याइने बताए । बम प्रहारबाट सचेतक ढकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रबिनराज मैनालीले जानकारी दिए।

मोटरसाइकलमा आएका आक्रमणकारी समूहले ढकालको घरको झ्यालमा समेत बम प्रहार गरेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा मट्टितेल भरिएका दुई बोतलसमेत फेला परेको बताइएको छ ।

घटनास्थलमा मुख्यमन्त्री पोखरेलसहित प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, प्रदेशसभा संसदीय समितिका सभापति दधिराम न्यौपाने, डा कृष्ण न्यौपाने, काङ्ग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य कमला विश्वकर्मा, तारा जिसी, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, प्रदेशका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु पुगेका थिए।

प्रमुख सचेतक ढकाल बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको बेला घरमा आक्रमण भएको हो । सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बुबाआमालगायत हुनुहुन्छ ।

सो घटनाको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, नेकपा सैनामैना नगर कमिटीका संयोजक चेतनारायण न्यौपाने, नेपाली काङ्ग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, मदन भण्डारी स्पोर्टस् एकेडेमी नगर संयोजक यमलाल खरेललगायतले निन्दा गरेका छन् ।

वि.सं.२०७६ साउन ३१ शुक्रवार ११:५५ मा प्रकाशित

Himalayan Life AD
अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

हातेमालोको इतिहास नबिर्सन पालिकालाई आग्रह

२५ बर्ष अगाडी पर्वतमा सम्पन्न हातेमालोको इतिहास नबिर्सन सरोकारवालाहरुले आग्रह...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...