back

लघुकथा : जुठो

वि.सं.२०७६ साउन ३२ शनिवार

657 

shares

शिव सुकुलको छेउमा बसेर बेलुकीको खाना खाँदै थियो, नजिकै ५ वर्षकी छोरी रञ्जिता पनि बटुकोमा भात मुछेर खादै थिई । रञ्जिताले बाबा ! भन्दै खाना खाइरहेको हातले उसको थालबाट आलुको चाना निकालेर खाईदिइन् । खानामा छोरीले जुठो हालिदिई भनेर थाल झट्टी हान्दै श्रीमती राधालाई तथानाम गाली गर्दै घरबाट निस्किएको शिव अलि परको शेर्पीनी दिदीको भट्टिमा छि¥यो ।

भट्टिमा चुरोट तान्दै शेर्पीनी दिदी बेञ्चीमा बसेकी थिइन् । खै किन हो आज शेर्पीनीको भट्टिमा अरु ग्राहक नदेखेकोले शिवलाई आनन्द आइरहेको थियो । ‘ओहो शिवे ! आज त रातपर्नै लाग्दा पो आइस् त, बूढीसँग ठाकठुक प¥यो कि क्या हो ? ला, चुरोट खान्छस् ?’ शेर्पीनीले आफूले तानीरहेको चुरोटको ठुटो दिदै भनिन् ।

उसले केही नभनी च्याप्प समातेर चुरोट तान्न थाल्यो । शेर्पीनीको लिपिस्टिक लगाएको ओठले च्यापेको चुरोट तान्दा उसको ओठमा पनि लिपिस्टिकको डाम बस्यो । तर शिवलाई यसको कुनै मतलब भएन । ए साहुनी ! खै एउटा तुम्बा लेउ त उसले आदेश दियो । शिवले तुम्बा तान्दै गर्दा शेर्पीनी छेउमा आएर बसिन् अनि भनिन् – ‘कस्तो छ तुम्बा ? आज मात्रै ल्याएको मैले त चाखेको पनि छैन । खै त !’ भनेर उनीले त्यहीबाट २\४ घुट्का तानेर छाडिन् । उसले तातोपानी थपी-थपी धेरै बेरसम्म त्यो तुम्बा तानेर नशाले चुर भएर छोरीले जुठो हालिदिएकाले खाना खान नपाएको कुरा सम्झेर घर फक्र्यो ।

कस्तो विडम्बना, आफैले जन्म दिएको छोरीको जुठो नचल्ने, तर होटलकी शेर्पीनी दिदीको जुठो चाँहि केही नहुने ।

[email protected]

Mobile no.-9851059950

Ghattekulo-29,Kathmandu


वि.सं.२०७६ साउन ३२ शनिवार ०९:२८ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...