शिव सुकुलको छेउमा बसेर बेलुकीको खाना खाँदै थियो, नजिकै ५ वर्षकी छोरी रञ्जिता पनि बटुकोमा भात मुछेर खादै थिई । रञ्जिताले बाबा ! भन्दै खाना खाइरहेको हातले उसको थालबाट आलुको चाना निकालेर खाईदिइन् । खानामा छोरीले जुठो हालिदिई भनेर थाल झट्टी हान्दै श्रीमती राधालाई तथानाम गाली गर्दै घरबाट निस्किएको शिव अलि परको शेर्पीनी दिदीको भट्टिमा छि¥यो ।
भट्टिमा चुरोट तान्दै शेर्पीनी दिदी बेञ्चीमा बसेकी थिइन् । खै किन हो आज शेर्पीनीको भट्टिमा अरु ग्राहक नदेखेकोले शिवलाई आनन्द आइरहेको थियो । ‘ओहो शिवे ! आज त रातपर्नै लाग्दा पो आइस् त, बूढीसँग ठाकठुक प¥यो कि क्या हो ? ला, चुरोट खान्छस् ?’ शेर्पीनीले आफूले तानीरहेको चुरोटको ठुटो दिदै भनिन् ।
उसले केही नभनी च्याप्प समातेर चुरोट तान्न थाल्यो । शेर्पीनीको लिपिस्टिक लगाएको ओठले च्यापेको चुरोट तान्दा उसको ओठमा पनि लिपिस्टिकको डाम बस्यो । तर शिवलाई यसको कुनै मतलब भएन । ए साहुनी ! खै एउटा तुम्बा लेउ त उसले आदेश दियो । शिवले तुम्बा तान्दै गर्दा शेर्पीनी छेउमा आएर बसिन् अनि भनिन् – ‘कस्तो छ तुम्बा ? आज मात्रै ल्याएको मैले त चाखेको पनि छैन । खै त !’ भनेर उनीले त्यहीबाट २\४ घुट्का तानेर छाडिन् । उसले तातोपानी थपी-थपी धेरै बेरसम्म त्यो तुम्बा तानेर नशाले चुर भएर छोरीले जुठो हालिदिएकाले खाना खान नपाएको कुरा सम्झेर घर फक्र्यो ।
कस्तो विडम्बना, आफैले जन्म दिएको छोरीको जुठो नचल्ने, तर होटलकी शेर्पीनी दिदीको जुठो चाँहि केही नहुने ।
Mobile no.-9851059950
Ghattekulo-29,Kathmandu
वि.सं.२०७६ साउन ३२ शनिवार ०९:२८ मा प्रकाशित




























