back

पार्टी सुदृढ गर्नुको विकल्प छैन-अध्यक्ष प्रचण्ड

वि.सं.२०७६ साउन ३२ शनिवार

675 

shares

३२ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई सुदृढ गरेर जानुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार मात्र पार्टीको सचिवालय बैठकले गरेको विभिन्न संगठन तथा विभाग प्रमुखहरुको नियुक्तिमा पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्ताका असन्तुष्टि बाहिर आइरहेका बेला अध्यक्ष प्रचण्डले सबै विकल्प समाप्त भएपछि पार्टी एकता गरिएकोले अब यसलाई सुदृढ गर्दै जानका विकल्प नभएको राजधानीमा आयोजित राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघको कार्यक्रममा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सुदृढ हुनुपर्ने एक मात्र विकल्प रहेकोले एकता सुदृढ नभए देश सफल नहुने र देश असफल भए कम्युनिष्ट आन्दोलन पनि सफल नहुने बताएका थिए ।

अध्यक्ष प्रचण्डले सबै विकल्प समाप्त गरेर गरिएको पार्टी एकतामा सफल हुन नसकेमा कम्युनिष्ट आन्दोलन मात्र नभएर देशकै भविष्य बर्बाद हुने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले आफू यहि चिन्ताका कारण अप्ठेरोमा पर्दै गएको समेत बताउदै शुक्रबारको सचिवालय बैठकले गरेको निर्णय पनि त्यस्तै अप्ठेरो परिस्थितिमा गरिएको समेत बताएका छन् ।

वि.सं.२०७६ साउन ३२ शनिवार १३:३८ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...