१ भदौ , काठमाडौँ । बालुवाटारस्थित ललितानिवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी भैसला गरेको भेटिएको छ ।
यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीस मुछिएका हुन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ ।
पटक पटक गरी १६ लाख रूपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड रूपयाँको नक्कली तमसुक खडा गरिदिएको भेटिएको थियो ।
जग्गा किन्ने प्रयोजनका लागि अनालले हस्ताक्षर र औठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरूपयोग गरी तमसुक बनाएको भेटिएको हो । आइतबारको कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७६ भदौ १ आइतवार ०८:१२ मा प्रकाशित




























