back

यमन युद्धविराम अन्त्यसँगै भएको झडपमा उन्नाइस जनाको मृत्यु

वि.सं.२०७३ मंसिर ८ बुधवार

582 

shares

८ मंसिर, एडेन (यमन) । यसमनमा द्वन्द्वरत हुठी विद्रोही सरकारवाहीबीच अमेरिकी पहलमा गराइएको युद्ध विराम ४८ घन्टापछि अन्त्य भएको घोषाणा भएसँगै यहाँ भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् ।

¬

यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी समर्थक सेनामाथि भएको आक्रमणको प्रंतिकार गर्ने क्रममा अधिकांश विद्रोही तथा उनीहरुका सहयोगी तर्फ उक्त हताहती भएको हो ।

प्रत्याक्रमणमा साउदी अरव नेतृत्वको गठनबन्धन सेनाले हवाई आक्रमण गरी विद्रोहीलाई हट्न बाध्य तुल्याएको बताइएको छ ।

घटनामा विद्रोहीतर्फ ११ लडाकूको मृत्यु भएको छ भने पाँच जना सैनिक अधिकारीको पनि झडप मृत्युभएको छ । विद्रोहीको आक्रमणमा सोमबार पनि दुई सेनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । एएफपी

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:४१ मा प्रकाशित

Himalayan Life AD
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...