Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी



८ मंसिर, मस्को (रसिया) । रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ ।

“दुई जनाबीच फ्रान्सका पूर्व प्रधानमन्त्री फिलन सरकार प्रमुख रहेको बेलादेखि नै सम्बन्ध स्थापित भएको र पछि उहाँहरुबीचको सम्बन्धमा विल्कुलै राम्रो सम्बन्धमा विस्तार भएको छ, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्काभले सञ्चारकर्मीसँग बताउनुभयो ।”

उहाँहरुले वास्तवमै राम्रो सम्बन्ध कायम राख्नुभएको छ, पेश्कोभले बताउनुभयो ।

पेश्कोभले थप्नुभयो, “मस्कोले फ्राम्सको राष्ट्रपतीय निर्वाचन अन्तर्गतको “प्राइमरी” निर्वाचनलाई विशेष महत्वका साथ हेरिरहेको छ ।”

फ्रान्स रसियाको सहयोगी रहँदै आएको र आगामी दिनमा दुई देशबीचको सम्वन्ध प्रगाढ वन्ने पेश्कोभले विश्वास व्यक्त गर्नुभयो ।

बेलायती पूर्वप्रधानमन्त्री मार्गेट थ्याचरका प्रशंसक रहेका फिलनले आइतबार आएको प्राइमरी निर्वाचन परिणाममा यस पहिले निकोलस सार्कोजी राष्ट्रपति रहँदा प्रधानमन्त्रीका रुपमा काम गर्र्नुभएको थियो । तर आइतबार फिलनले सार्कोजी विरुद्ध “आश्चर्यजनक” विजय प्राप्त गर्नुभएको छ ।

रसियाली सञ्चारमाध्यमले यस हप्ता फिलनलाई ‘मस्कोकोे असल मित्र’का रुपमा चित्रण गर्दै उहाँको समर्थनमा समाचार दिएका थिए ।

फिलनलाई रसियाले सन् २०१४ मा क्रिमियालाई गाभेको र पूर्वी युक्रेनमा रसिया पक्षधर विद्रोहीद्वारा गरिएको आन्दोलनबाट टाढिएको सम्बन्धमा सुधार गर्न सक्ने नेताकारुपमा रसियामा चित्रण गरिएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा