back

त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु

वि.सं.२०७६ भदौ २ सोमवार

660 

shares

२ भदौ, कावासोती । गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो ।
नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी छोटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशको मुख्य नाकाको रुपमा लिइएको छ । भारतसँग जोडिने त्रिवेणी नाका र चीनसँग जोडिने कोरला नाका समग्र देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण हुने सरकारले बताउँदै आएको छ । यी दुई नाकालाई चीन र भारतलाई जोड्ने सहज नाकाको रुपमा हेरिएकाले पनि त्रिवेणी नाकामा जाँचपास शुरु हुनु महत्वपूर्ण कार्य भएको यहाँका उद्योगी व्यापारीले बताएका छन् । त्रिवेणी नाकालाई छोटी भन्सारको रुपमा स्तरोन्नति गरी ‘जाँचपास’ शुरु गरिएसँगै अब यस नाकामा चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
त्रिवेणी नाकामा ‘जाँचपास’ शुरु गरिएपछि यस क्षेत्रका उद्योगी, व्यापारी, स्थानीयसमेत खुशी भएका छन् । भन्सारको स्तरोन्नति र ‘जाँचपास’ शुरु भएसँगै चहलपहल बढ्ने र विकासले तीव्रता पाउने विश्वास उनीहरुको रहेको छ । “हामीलाई यो मूल भन्सार हुन्छ र यहाँ विकासको सम्भावना बढ्छ भन्ने आशा जागेको छ”, विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीका स्थानीय विनयकुमार तेलीले भने, “लामो समयसम्म विकास हुन नसकेको यस क्षेत्रको मुहार फेरिन्छ भन्ने छ ।”
आइतबार प्रतिनिधिसभा सदस्य तिलक महतले त्रिवेणी छोटी भन्सारबाट भन्सार ‘जाँचपास’को शुभारम्भ गरेका हुन । उनले गण्डकी प्रदेशको मुख्य नाकासमेत रहेकाले चाँडै मूल भन्सार बनाउतर्फ सरकार लागि पर्ने बताए । हाल एक पटकमा रु २५ हजारसम्मका सामानको भन्सार गर्न सकिने गरी ‘जाँचपास’ सेवा शुरु गरिएको हो । छोटी भन्सारलाई धेरैजसो स्थानमा रु १० हजारसम्मको मालवस्तुको ‘जाँचपास’ गर्ने सीमा निर्धारण गरिने गरिएको भए पनि त्रिवेणी भन्सारलाई रु २५ हजारसम्मका सामानको ‘जाँचपास’ गर्ने अधिकार प्रदान गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए ।
त्रिवेणी छोटी भन्सार हाललाई महेशपुर भन्सार कार्यालयको मातहतमा रहने र महेशपुर भन्सारकै कर्मचारीले पालैपालो हेर्ने व्यवस्था मिलाएको कार्यालय प्रमुख शर्माले बताए । (रासस)

वि.सं.२०७६ भदौ २ सोमवार ११:२५ मा प्रकाशित

Himalayan Life AD
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुन सकेन...

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...