back

श्रीमान्को हत्याराबाट पैसा असुल्ने पक्राउ

वि.सं.२०७६ भदौ २ सोमवार

717 

shares


२ भाद्र भोजपुर । श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।

घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग रु तीन लाख मागेको बयानमा उल्लेख छ । केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए।

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ । (रासस)

वि.सं.२०७६ भदौ २ सोमवार १२:०८ मा प्रकाशित

Himalayan Life AD
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

चन्द्रकला भण्डारी,झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको...

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय...

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भद्रपुर (झापा) । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार...

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा...