गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत भएका छन् ।
संघको १८ अगस्तमा सम्पन्न सातौं अधिबेशनले चित्र सुवेदीको अध्यक्षतामा सबै कार्यसमिति पदाधिकारीलाई सर्वसम्मत गरेको बताइएको छ ।
जस अनुसार परिषद्को उपाध्यक्षहरुमा अनुजा प्रधान, आङमाया लामा, खड्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले, नारायण सिलवाल र हरि भट्टराई रहेका छन् भने महासचिवमा तिर्थ धमला, सचिवमा कर्ण अधिकारी, जनक सुबेदी र दीपक न्यौपाने, कोषाध्यक्षमा प्रकाश गिरी, सहकोषाध्यक्षमा जीवन शर्मा रहेका छन् ।
त्यसैगरी परिषद्को महिला संयोजकमा सुशीला खतिवडा, युवा संयोजकमा काशी दनाइ र सदस्यहरुमा कुल बहादुर कार्की लुभेन, सुमन बराल आन्त्रोपेन, दौलत कुमार सम्ब ब्रुज, सुवास भट्ट ब्रसेल्स, ज्ञानेन्द्र घिमीरे गेन्ट, कुम शाही सेन्त्रुदिन र भरत पन्त वस्टन्डे रहेका छन् भने खुला सदस्यतर्फबाट मदन दवाडी, सुजन ढकाल, मिनदोर्जे थापा, चेत नारायण दाहाल, राम प्रसाद शर्मा, कमल सिटौला तथा महिला सदस्यहरुमा गीता लामा, रस्मिना गिरी राज भण्डारी, सरस्वती सुवेदी सर्वसम्मत भएका छन् ।

त्यसैगरी संघको आइसिसि सदस्यमा सुवास जोशी (सन्तोष) र कमल पन्थी चयन भएका छन् ।
बेल्जिममा भ्रमणमा रहेकी संसदीय राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शसी श्रेष्ठद्धारा उद्घाटन गरिएको उक्त अधिबेशनमा पूर्वमन्त्री विर बहादुर वलायर, नेकपा नेता लिलामणि पोखरेल, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा, आइसिसि उपाध्यक्ष कुमार पन्त, सचिव जानकी गुरुङ, युरोप संयोजक शिव कुमार वरुवाल लगायतको उपस्थिति रहेको उक्त अधिबेशन अध्यक्ष लोक दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन आङमाया लामाको सञ्चालन रहेको थियो ।
संघका केन्द्रीय उपाध्यक्ष तथा २०१९–०२१ का लागि अध्यक्षका उम्मेदवार कुमार पन्तले नयाँ कार्यसमितिलाई बधाई दिदैं संसारभरी एकताको सन्देश जानेगरी सहमतिकोे नेतृत्व चुम्न बेल्जिम सफल भएको बताएका छन् ।
वि.सं.२०७६ भदौ २ सोमवार १२:४५ मा प्रकाशित




























