back

मन्त्री अनुपस्थित विधेयक पारित भएन

वि.सं.२०७६ भदौ २ सोमवार

972 

shares

२ भदौ, काठमाडौँ । स्औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ ।
विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए । दफावार छलफल सम्पन्न भएको उक्त विधेयक समितिबाट पारित गर्ने कार्यसूची थियो । उद्योगमन्त्री मातृकाप्रसाद यादव उपत्यका बाहिर रहनुभएको छ ।
मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले ल्याइएको सो विधेयकमाथि गगनकुमार थापा, प्रेम सुवाल, मीनबहादुर विश्वकर्मालगायत १७ सांसदको ५९ वटा संशोधन प्रस्ताव छ । (रासस)

वि.सं.२०७६ भदौ २ सोमवार १४:११ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी । यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक...

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ...