३ भदौ, काठमाडौँ । योग, प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटी बिषय पढाईको लागि पाठ्यक्रम तयार भएको छ ।
शिक्षा मन्त्रालयले गठन गरेको कार्यदलले उक्त पाठ्यक्रम सहितको प्रतिवेदन सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई बुझाएको छ ।
मन्त्रालयले यी विषयको पाठ्यक्रमबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन गत वैशाख १९ गते नेपाल संस्कृत विश्व विद्यालयका योग तथा प्राकुतिक चिकित्सा विषय समितिका अध्यक्ष डा. हरिप्रसाल पोखरेलको संयोजकत्मा समिति गठन गरिएको थियो ।
समितिले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढाउन कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक विषयहरु तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ । मंगलबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ भदौ ३ मंगलवार ०८:२३ मा प्रकाशित



























