३ भदौ, काठमाण्डौं । पूर्व युवराज पारस शाहले त्रिवभुवन विमानस्थलमा आइतबार प्रहरीमाथि आफूले गरेको दुव्र्यवहार प्रति माफी मागेका छन् ।
पूर्वयुवराज पारसले आफ्नो सामाजिक संजालमा आफूले विमानस्थलका प्रहरीमाथि गरेको दुव्र्यवहारमा सम्बन्धीत व्यक्तिसँग क्षमा मागेका छन् ।
‘हिजो विमानस्थलको घटनाको बारेमा मेरा मान्छेहरुलाई भन्नु पर्दा मेरो आमा बायोप्सीका लागि बैंकक जान लाग्नु भएको थियो । म त्यतिखेर ढिलो भएको थिए । त्यसकारण पनि मेरो मुड अफ भएको थियो,’ सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘ त्यतिबेला मेरो छोराको फेसमा ती प्रहरीले डन्डा हानेका थिए… । मलाई झन गाह्रो भयो । म क्षमा चाहान्छु सम्बन्धीत व्यक्तिसँग । तर, कोही पनि नेपाली बुवा मेरो ठाउँमा भएको भए उसले पनि त्यस्तै गर्दथ्यो । बाँकी कुरा नेपाली जनतामाथि छोडिदिन्छु ।’
यसैबीच महानगरीय प्रहरी कार्यालय प्रमुख डिआइजी शैलेश थापाले पारसले प्रहरीमाथि गरेको दुव्र्यवहार सम्बन्धी घटनाको आन्तरिक छानविन गर्न निर्देशन दिएको बताएका छन् ।
वि.सं.२०७६ भदौ ३ मंगलवार ०८:३४ मा प्रकाशित




























