back

शल्यक्रिया र डायलासिस सेवा शुरु

वि.सं.२०७६ भदौ ३ मंगलवार

798 

shares

३ भदौ, पर्वत । कुनै समय रिफर सेण्टरका रुपमा ख्याती पाएको जिल्ला अस्पतालको गुणस्तर सुधार हुँदै गएको छ । सामान्य रुघाखोकीको समस्या लिएर जिल्ला अस्पताल आउनेलाई पनि पोखरा जानुस् भनेर रिफर गर्ने अस्पतालले यस वर्षदेखि शल्यक्रिया र डायलासिस सेवा शुरु गरेको हो ।
सरकारी अस्पतालको विश्वास नलागेरै धेरैजसो बिरामी सामान्य औषधि पसलले स्थानीय एफएम र पत्रपत्रिकामा गरेका विज्ञापनका भरमा हरेक शनिबार मेडिकल हलमा लामो लाइन लाग्ने गरेका बेला अस्पतालले नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । पछिल्लो समय अस्पतालमा सामान्य शल्यक्रिया सेवादेखि मिर्गौलाको डायलासिससमेत गर्ने गरी अस्पताल प्रशासन र विकास समिति लागि परेको हो । गत वर्षदेखि निर्माणाधीन अस्पतालको आधुनिक भवन ५० शय्याको बन्दैछ । अस्पताल विकास समितिका अनुसार एक महीनाभित्रै डिजिटल एक्सरे सेवा सञ्चालन हुँदैछ । भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र मुटुको इको सेवा सञ्चालन पनि हुने भएको छ । मिर्गौलाको डायलासिस थपिँदैछ । एनआइसीयु (बच्चाहरूको सघन उपचार) सेवाको पनि तयारी भइरहेको अस्पताल विकास समितिले जनाएको छ ।

ल्याबमा सोडियम पोटासियमको परीक्षण गर्ने सेवा थपिने भएको छ । “हामीले यो वर्ष सेवामा फड्को मार्दैछौँ”, समितिका अध्यक्ष गोविन्द पहाडीले भने, “यी सेवा थप्न सबैतिरको सकारात्मक सहयोग रहेको छ ।” अस्पतालमा सञ्चालित ल्याबमा रगतसँग सम्बन्धित ८० वटासम्म परीक्षण गर्न मिल्ने मेसिन खरीदको तयारी भइरहेको उनले बताए । त्यस्तै विद्युत् नहुँदा एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गर्न ‘ब्याकअप सिस्टम’ को पनि व्यवस्था चालू आवभित्रै गरिने उनले जानकारी दिए े ।
हाल १५ शय्याको अस्पतालको क्षमता बढाएर ५० पु¥याउने प्रक्रिया शुरु भई भवन निर्माणको काम भइरहेको छ । आवश्यक जनशक्ति व्यवस्थापनबारे सरकारले चासो नदिएको अस्पताल व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका पदाधिकारीले धेरैपटक प्रदेश र केन्द्रका निकायमा गरेको आग्रहबारे सुनुवाइ नभएको उनले बताए ।

अस्पतालमा जटिल सुत्केरी, एपेन्डिक्स, हाइड्रोशील लगायतका सामान्य अप्रेसन सेवा शुरु भएको तीन वर्ष पुग्यो । त्यसबाहेक उच्च प्रविधिको डिजिटल एक्सरे सेवा, थाइराइड परीक्षण, रगतको जाँच चौबिसै घण्टा सेवा विस्तार गरेको छ । तर, दरबन्दीअनुसारको जनशक्ति नभएका कारण प्रभावकारी हुन सकेको छैन । मिर्गाैलाको डायलासिस थप्न गण्डकी प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमा केही थप गरेर पाँच वटा डायलासिस मेसिन ल्याउने तयारी अस्पतालले गरेको छ ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १२:३८ मा प्रकाशित

Himalayan Life AD
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...