back

एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै

वि.सं.२०७६ भदौ ३ मंगलवार

624 

shares


३ भाद्र, काटमाडौँ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ ।

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ बजेपछि शुरु हुनेछ ।

हिजो भएको पहिले खेलमा ती दुवै टोली पराजित भएका थिए । अफगानिस्तान तुर्कमेनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो भने बङ्गलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेलमा समूह ‘बी’ मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल ५ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछन् । आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘ए’मा रहेको कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि हुनेछ । सोमबार भएको पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । (रासस)

वि.सं.२०७६ भदौ ३ मंगलवार १३:२८ मा प्रकाशित

Himalayan Life AD
गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको...