३ भाद्र, काठमाण्डौ । सिंहरबारभित्रै पहिचान नखुलेका व्यक्ति, मृत भेटिए भनेर सामाजिक संजालमा आगोसरी कुरा फैलियो ।
मानिसहरु पहिचान हुन नसकेको मानिस सिंहदरबारजस्तो राज्यको प्रशासनिक केन्द्रमा कसरी पुग्यो ? यसमा सिंहदरबारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न पनि उठाइयो । तर, त्यहाँ मृत भटिएका व्यक्ति बाहिरका नभएर राष्ट्रिय योजना आयोगका कर्मचारी रहेको पत्ता लागेको छ ।
आयोगमा काम गर्ने नायबसुब्बा बच्चु केसी सिंहदरबारस्थि आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।
प्रहरीका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
आयोगका कर्मचारीले मंगलबार विहान ११ बजे केसीलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।
वि.सं.२०७६ भदौ ३ मंगलवार १३:४५ मा प्रकाशित