back

दुर्गम गाउँमा एम्बुलेन्स सेवा

वि.सं.२०७६ भदौ ३ मंगलवार

888 

shares


३ भाद्र, मान्म । पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

गाउँमै एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् ।

सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका लागि सो गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो । दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताए ।

“यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन”, उनले भने “स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाको रु १२ लाखको लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताए ।

“अहिले पनि कर्णाली प्रदेश स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेको छैन”, उनले भने, “हामीले सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउने गरेर काम थालेका छौँ ।” (रासस)

वि.सं.२०७६ भदौ ३ मंगलवार १३:५४ मा प्रकाशित

Himalayan Life AD
गृहमन्त्री अर्याल सुर्खेतमा

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत पुगेका छन् ।...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः...

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन...