३ भाद्र, काठमाण्डौ । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलाम्ची खानेपानी आयोजना र खानेपानी सरसफाईका विषयमा सोमबार पाँच विज्ञहरुको समुह गठन गरेको छ ।
खानेपानी मन्त्री विना मगरको अगुवाईमा गठन गरिएको उक्त समुहमा पूर्वसचिवहरु ई.बीरेन्द बहादुर देउजा, ई. हरेराम कोइराला, ई. समन प्रसाद शर्मा, ई. भीम उपाध्याय र ई. दीपेन्द्र नाथ शर्मा रहेका छन् ।
समुहका सदस्य ई. भिम उपाध्यायका अनुसार उक्त समुहले मेलाम्ची खानेपानीको योजना पूरा गर्न तथा उपत्यकावासीलाई पानी वितरणलाई प्रभावकारी बनाउन तथा सरसफाई बारे सुझाव तथा सल्लाह दिनेछ ।
वि.सं.२०७६ भदौ ३ मंगलवार १४:१५ मा प्रकाशित