back

आगलागीबाट ८० लाख भन्दा बढीको धनमाल नष्ट

वि.सं.२०७६ भदौ ३ मंगलवार

708 

shares

३ भदौ, रूपन्देही । रूपन्देही र धनुषामा आगलागी हुँदा ८३ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका -१० कान्छीबजारका गोपाल अर्यालको होलसेल किराना पसलमा सोमबार राति आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

त्यस्तै धनुषा, लक्ष्मिनिया गाउँपालिक-३ का राजकरण यादवको गोठमा मंगलबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १४:३० मा प्रकाशित

Himalayan Life AD
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ...

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले...

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा) । यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई...