back

सम्राट राज्य न्यूयोर्कमा गाईजात्रा कार्यक्रम सम्पन्न

वि.सं.२०७६ भदौ ३ मंगलवार

567 

shares


३ भाद्र, न्यूयोर्क । गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा हास्यव्यंग महोत्सव ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।
अमेरिकाको न्यूयोर्क तथा छिमेकी राज्यमा रहेका कलाकारहरुद्वारा प्रस्तुत गरिएको उक्त कार्यक्रममा नेपाली समुदायको ठूलो भिड रहेको थियो । पहिलो पटक र फरक शैलीमा भएको उक्त कार्यक्रममा दर्शकहरुको उत्सुकता बढेको कारण कार्यक्रम हुनु भन्दा २ साता अघि नै टिकट बिक्री भइसकेको थियो ।


अभियानको रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले कार्यक्रममा मनोरञ्ंजनको साथसाथै सचेतनामुलक प्रस्तुतिहरु दिएका थिए । टुटुल्को डटकमको परिकल्पनामा आयोजना भएको गाईजात्रा हास्यब्यंग्य महोत्सव अमेरिका २०१९ लाई समुदायको साथ सदभाव र समर्थन रहेको पाईयो ।
समाजका बिकृति विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले न्यूयोर्कको नर्दर्न ब्लुभार्ड स्थित क्विन्स पब्लिक लाईब्रेरीमा आयोजना गरिएको कार्यक्रम टुटुल्को डटकमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठस सम्प्रेषणका निर्माता प्रस्तोता संचारकर्मी शैलेश श्रेष्ठ र ईनेप्लिज डटकमका आवासिय सम्पादक सच्ची मैनालीले उद्घोषण एवं संचालन गरेका थिए ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १५:०१ मा प्रकाशित

Himalayan Life AD
विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...