४ भदौ, काठमाण्डौं । दरबरबाट परराष्ट्रमा सरुवा भएपछि बंंगलादेशीलाई नेपाली राहादानी दिएको आरोपमा मुद्दा खेपेका थिए १९९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले विष सेवन गरी सिंहदरबारमा आत्महत्यया गरेका छन्् ।
राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यलयमा मृत अवस्थामा भेटिएका हुन् । राजदरबबार हत्याकाण्डका बेला केसी युवराज दीपेन्द्रको बासस्थानका रुपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए र उनको जिम्मेवारी भान्सेका रुपमा थियो ।
दरबबार हत्याकाण्डका दिन त्रिभुुवन सदनको बिलिर्याड हलमा लगिएकोे खाना उनिलगाएतको टोलीले तयार पारेका थियो । तत्कालीन प्रधानन्याधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य तत्ककालिन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिउका थिए । बुधबारको नयाँ पत्रिकाबाट ।
वि.सं.२०७६ भदौ ४ बुधवार ०८:१४ मा प्रकाशित




























