back

ब्राजिलमा बन्धक बनाइएका सबै नागरिक सकुशल रिहा

वि.सं.२०७६ भदौ ४ बुधवार

681 

shares

४ भदौ, रियो द जनेरियो । ब्राजिलको पर्यटकीय शहर रियो द जनेरियोमा बन्धक बनाइएका सबै बस यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागी अपहरणकारीको मृत्यु भएको छ । एक प्रहरी अधिकारीले भने, “प्रहरीले अपहरणकारीको पञ्जाबाट बन्धक नागरिकलाई करिब चार घण्टाको अथक प्रयासपछि नियन्त्रणमा लिन सफल भएको छ ।”

प्राप्त पछिल्लो जानकारीअनुसार अपहरणकारीले ३१ जनालाई बन्धक बनाएको भएपनि चार महिला र दुई पुरूष तत्काल भाग्न सफल भएका थिए भने बाँकी २५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो । अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

बन्धक बनाइएका कुसैलाई पनि कुनै चोट नलागेको र उनीहरूलाई अहिले आफन्तको साथ लगाएर पठाउने तयारी भइरहेको ब्राजिलको प्रहरीले बताएको छ ।

एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले बताएका यस पहिले एएफपीले दिएको जानकारीमा उल्लेख थियो । सिन्ह्वा

वि.सं.२०७६ भदौ ४ बुधवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...