back

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह

वि.सं.२०७६ भदौ ४ बुधवार

396 

shares
GLOBAL IME AD
NTC AD

४ भदौ, बेइजिङ । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न कडाइका साथ आग्रह गरेको बताएको छ ।

प्रवक्ता कङ श्वाङले भने, “क्यानाडाले चीनको गम्भीर अडानको वेवास्ता गर्दै अन्तरराष्ट्रिय ऐन र सम्बन्धको आधारभूत सिद्धान्त विपरीत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा चीनले कडा असन्तुष्टि रहेको छ । चीन यसको दृढताका साथ विरोध गर्दछ ।

हङकङ चीनको आन्तरिक मामिला हो भन्दै कुनै पनि मुलुक, संगठन र व्यक्तिले यस मामिलाको हस्तक्षेप नगर्न प्रवक्ता कङले जोड दिए ।

हालै क्यानाडाका विदेश मन्त्री क्रिस्टिया फ्रिलान्डले हङकङ परिस्थितिबारे वक्तव्य प्रकाशित गरेपछि चीनको उक्त भनाइ आएको हो । चालू वर्षको मे महिनायता फ्रिलान्डले हङकङ समस्याबारे विभिन्न तीन मितिमा वक्तव्य प्रकाशित गरेका छन् । सिन्ह्वा

वि.सं.२०७६ भदौ ४ बुधवार ०८:४८ मा प्रकाशित

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जकार्ता । दक्षिण-मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै...

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर...