
४ भदौ, चितवन । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वकिकलको तर्फबबाट जिल्ला न्याधिंवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाइ थप पाँच दिनको समय दिएको हो । अनुसनधान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुन ः थप भएको जिल्ला सरकारी वकिल कार्यलयका सहायक न्यायाधिवत्ता प्रकाश थापाले जानकारी दिए । साउन ३० गते लागु हुने पहिलोपटक पाँच दिनको म्याद थप भएको भदौ २ गते म्याद सकिएपछि सोमबार ३ गते पुन ः म्याद थपका लागि अदालतमा पेस भएको थियो । रविसँग जन्डौ पाँच घन्टा बयान लिइएको छ । सोमबार र मंगलबार गरी पाँच घन्टा बयान लिइएको हो । बुधबारको नयाँ पत्रिकाबाट ।
वि.सं.२०७६ भदौ ४ बुधवार ०८:५८ मा प्रकाशित