
४ भदौ, काठमाण्डौं । ठेकेदारले अलपत्र छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनि सिनो हाइड्रोले पूरा गर्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बैंक ग्यारेन्टीसहित प्रक्रिया पु¥याएर सम्झौतागर्न आउन मंगलबार चिनियाँ कम्पनि सिनो हाइड्रोलाई पत्र पठाउको छ ।
आयोजनाको ऋणदाता एसियाली विकास बैंक (एडीबी) ले चिनियाँ कम्पनिलाई बाँकी कामको जिम्मा दिन स्वीकृति दिएसँगै समितिले सम्झौताका लागि सिनो हाइड्रोलाइ बोलाएको हे ।
आयोजनाको बोलपत्र मुल्यांकन समितिले सिनो हाइड्रोको प्रसताव उपयुत्त ठहर गर्दै स्वीकृतिका लागि एडिबीमा पठाएको थियो । यससँगै मेलम्ची खानेपानि आयोजनाको काम चाँडौ सुरु हुने र झन्डौ एक वर्षदेखि विवाद अन्तय हुने भएको छ ।
आयोजनाले सिनो हाइड्रोलाई बाँकी रहेको हेड वक्र्स र टनेलको काम जिम्मा दिन लागेको हो । आयोजनाको ९६ प्रतिशत काम सम्पन भइसकेको बाँकी काम भदौको तेस्रो अथवा चौथौ साताबाट सुरु भइ १० महिनाभित्र समपन्न गर्ने मेलम्ची खानेपानी आयोजनाका प्रमुख सुर्यराज कँडेलले जानकारी दिए । बुधबारको कारोबार दैनिकबाट ।
वि.सं.२०७६ भदौ ४ बुधवार ०९:४१ मा प्रकाशित