४ भाद्र, कास्की । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुस सहित पक्राउ परेका छन् ।
निज अधिकृत कुँवरले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहिहरूसँग रु ५९ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ ४ बुधवार १२:०९ मा प्रकाशित




























