back

आज नानी गौरा

वि.सं.२०७६ भदौ ४ बुधवार

384 

shares
GLOBAL IME AD
NTC AD

४ भदौै, बैतडी । सुदूरपश्चिमेलीको मुख्य चाड गौरा शुरु भएसँगै गाउँघरमा रौनक छाएको छ । बैतडीसहित सुदूरपश्चिममा मनाइने यस पर्वको दोस्रो दिन आज व्रतालु महिलाले ‘बिरुडा’ (गहँु, केराउ, गहत, मास र गुरुस) पखाल्ने गर्दछन् । हिजो भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ तथा धारामा लगेर पखाल्ने चलन छ । व्रतालु महिलाले आज बिहानै स्नान गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गरेका र धान, साउँ, तिल, अपामार्गलगायत बोटबाट गौराको प्रतिमूर्ति बनाई शृङ्गारपटार गरेर गौराको पूजा गरेको पण्डित दयाकृष्ण पन्तले बताए । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गरिन्छ । आज नदी, तलाउ तथा धारामा मनाइने गौरालाई स्थानीयभाषामा ‘नानी गौरा’ भन्ने गरिन्छ ।
नानी गौरालाई भोलि अमुक्ताभरण सप्तमीका दिन भित्र्याइन्छ भने गौराको मुख्य दिन पर्सी दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन व्रतालु महिलाले गौरालाई गौराखलामा लगेर बिरुडाले पूजा गर्नाका साथै आफ्ना श्रीमान्, छोराछोरी र आफन्तको टाउको पूजा गर्छन् ।
पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिव पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ । बैतडीसहित सुदूरपश्चिममा गौरालाई मुख्य चाडको रुपमा लिने गरिन्छ । गौरामा गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायत पनि खेल भइरहेका श्रीकोटका गणेश विष्टले बताए । यी खेलमा प्राचीन इतिहास, देवीदेवताका गाथा र वीरपुरुषका गाथासमेत समेटिएको पाइन्छ तर अहिले यस्तो संस्कृतिमा युवा पुस्ताको ध्यान गएको पाईदैन । (रासस)

वि.सं.२०७६ भदौ ४ बुधवार १४:०० मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...