back

‘हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’

वि.सं.२०७६ भदौ ४ बुधवार

510 

shares
GLOBAL IME AD
NTC AD

४ भदौ, काठमाडौँ । ‘हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका सार्वजनिक यातायातमा यस्तो फ्लेक्स झुण्ड्याइएको छ ।
रत्नपार्कबाट साँखु चल्ने यातायातमा चावहिलबाट माथि लागेपछि सडकको दूरावस्थाले यात्रा गर्न मुस्किल हुने गरेको छ । सडक बनाउन थालेको वर्षौं भए पनि काम सकिएको छैन । निर्माण व्यवसायी १०० मिटर सडक बनाएपछि महिनौँसम्म भाग्ने गर्दा पनि कुनै निकायले अनुगमन गरेको देखिँदैन ।
नयाँ शासन व्यवस्थासँगै तीन तहको सरकार बने भनिए पनि आम मानिसलाई असर पार्ने सडकको धुलो र हिलोको अनुगमन गर्ने फुर्सद कसैलाई नभएको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका सञ्जीव पुडासैनीले सुनाए । चावहिलबाट साँखु पुग्ने सडकमा चारवटा स्थानीय सरकार जोडिन्छन् । चावहिलबाट बौद्ध पीपलबोटसम्म काठमाडौँ महानगरपालिका, बौद्ध पीपलबोटबाट दक्षिणढोकासम्म गोकर्णेश्वर नगरपालिका, दक्षिणढोकाबाट डाँछीको ब्रह्मखेलसम्म कागेश्वरी मनोहरा नगरपालिका र ब्रह्मखेलबाट साँखुसम्म शङ्खरापुर नगरपालिकाको क्षेत्र पर्छ ।
कुनै पनि स्थानीय सरकारले आफ्नो क्षेत्रको सडक बनाउन पहल नगरेको स्थानीयवासीको गुनासो छ । साँखु–जोरपाटी–चावहिल सडक छिटो बन्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक सरोकार समिति समेत गठन गरेका छन् । समितिले बिहीबार नगरपालिकामा धर्ना कार्यक्रम आयोजना गरेको अध्यक्ष मिलन खड्काले बताउनुभयो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्याल चावहिलबाट साँखुसम्मको धेरै ठाउँमा पूर्वाधार बनिसकेकाले कालोपत्र गर्न मात्र बाँकी रहेको बताउनुभयो । चावहिलबाट चुच्चेपाटीसम्म खानेपानीको पाइप फेर्ने कार्यक्रम रहेकाले तत्काल कालोपत्र हुँदैन ।
बौद्धबाट पीपलबोटसम्म पूर्वाधार तयार भएर कालोपत्र गर्न सकिने गरी तयार भइसकेको आयोजना प्रमुख अर्यालको जिकिर थियो तर स्थानीयवासीले भने अझै विद्युत्लगायत तार, पोल नहटाइएको, बाटो विस्तार गरिएको स्थानमा सवारी साधान पार्क तथा पसलका सामान राखेर अस्तव्यस्त बनाइएको गुनासो गरेका थिए ।
बाटो विस्तारका लागि भत्काइएको स्थान अलपत्र छोड्दा बर्सादका बेला पानी जम्ने, पैदल मार्ग (फुटपाथ) मा हिँड्न नसकिनेलगायत समस्या रहेको निमा शेर्पाको गुनासो थियो । आयोजनाले भने पूर्वाधार तयार भए पनि बर्सादको समय भएर कालोपत्र गर्न नसकिएको जनाएको छ ।
भदौसम्म वर्षा हुने भएकाले असोजपछि कालोपत्र गरिने आयोजना प्रमुख अर्यालले सुनाए । थलीबजार क्षेत्रमा भने सडक साँघुरो भए पनि सर्वोच्च अदालतले मुआब्जा बिना नछुनु भन्ने आदेश जारी गरेकाले जति उपलब्ध छ त्यतिमै कालोपत्र हुनेछ । (रासस)

वि.सं.२०७६ भदौ ४ बुधवार १४:५० मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो...