back

फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

वि.सं.२०७६ भदौ ४ बुधवार

702 

shares


४ भाद्र, काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ ।

कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९ औँ मिनेटमा गोल गरे भने श्रीदर्थले खेलको ५६ औँ मिनेटमा गोल गरे ।
नेपालले हालसम्म यू–१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा सञ्चालन भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

नेपालले अब यही भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले आफनो तेस्रो खेल भदौ २० गते बङ्गलादेशसँग खेल्नेछ भने अन्तिम खेल भदौ १२ गते भुटानसँग खेल्नेछ ।

वि.सं.२०७६ भदौ ४ बुधवार १५:२९ मा प्रकाशित

Himalayan Life AD
गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको...