back

लागुऔषधसहित दुई युवक पक्राउ

वि.सं.२०७६ भदौ ५ बिहीवार

726 

shares

५ भाद्र, सिराहा । प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले लहान नगरपालिका–११ बाटिका नजिक रहेको पर्मानन्द चौधरीको खाजा पसलबाट अवैध घरेलु मदिरा ३० लिटर र ५० केजी कच्चा पदार्थ नियन्त्रणमा लिई आज बिहान नष्ट गरेको जनाएको छ । त्यस्तै सिरहा नगरपालिका २, ६ र ७ मा रहेको मदिरा भट्टी पसलबाट करीब १० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको छ । (रासस)

वि.सं.२०७६ भदौ ५ बिहीवार ११:०६ मा प्रकाशित

Himalayan Life AD
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको...