६ भाद्र, काठमाडौँ । नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार पक्राउ परेका छन् ।
नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक महतो र व्यवसायी पोदारले जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने बाहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहिहरूसँग रु ११ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उक्त कार्य भ्रष्टाचार कसुर भएको हुँदा निज सर्भेक्षक महतो र व्यवसायी पोदारलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ ६ शुक्रवार १७:०४ मा प्रकाशित