back

कविता : गोठहरूको स्वरूप

वि.सं.२०७६ भदौ ७ शनिवार

690 

shares
RBB AD
NTC AD

विविधता छन गोठहरूसँग
कुनै गोठहरू
काचो कारोवारमा माहिर छन्

गाउँघरका बेलीचमेली चुड्न
कसरी उद्याउनु पर्छ हतियार
गोठका मालीहरूलाई राम्रो भेऊ छ

कतै गरिबीको पासोमा फसाएर
कतै अशिक्षाको अङ्कुशमा अड्काएर
तानिरहन्छन् परदेशी गोठहरू
हाम्रा सुकोमल भर्जिन कोरलीहरू

नागरिक रोजगारको जिम्मा
म्यानपावर होडिङबोर्डलाई सुम्पेर
बेला कुबेला
नयाँ नेपालको चुटकिला सुनाइरहन्छ सत्ता
तिनै होडिङबोर्डका बल्छीमा फसेर
उड्छन् र भरिन्छन्
बम्बइ ,दुबई र इजरायल लगायत धेरै गोठहरूमा
हाम्रै पौरखी पाखुरी

तिनै गोठका आँशु पसिना
सिगान रगत र वीर्यमा चिप्लिएर
एटिएमबाट खसिरहन्छ फुत्त फुत्त
रेमिट्यान्स रूपि अर्थतन्त्र
यो देशका ठेकेदारहरू
लाजै नमानी पसार्छन् हात

ककटेल जमाउछन् पाँचतारेमा

घरदेशी गोठहरू पनि कम छैनन्
धर्म र संस्कारका कवज पैरेर
संरक्षण गरिरहन्छन्
छाउपडि ,झुमा र कुमारीसँग जोडिएका
ईश्वरीय त्रासका शृङ्खला
तर्सिरहेछौँ हामी
किचिइरहेछौँ हामी मिचिरहेछौँ हामी
गोठका यिनै विविध रूपरङ्गसँग ।

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...